उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्छ : डब्लूएचओ

न्यूयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको जनाएको थियो ।
डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन् –‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रोभन्दा पनि झन बिग्रिएको छ ।’ विश्वबाटै एक्लिएको अधिनाकयबादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए ।
उत्तरले यसअघि ‘ज्वरो’ बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड संक्रमण देखिएको तर उसको आधिकारिक विवरणमा संक्रमणलाई ज्वारो भनिएको पनि डब्लूएचओले जनाएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया