१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

न्युयोर्क । सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका थिए ।
स्पेसक्राफ्ट इन्जिनियरिङ कम्पनीले मंगल ग्रहमा चालक दल र कार्गो लैजान सक्ने रकेटको नमूना विकास गरिरहेको छ । मस्कले सन् २०११ को अप्रिलमा अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलसँगको एक अन्तर्वार्तामा मंगल ग्रहमा मानिसलाई पठाउने विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।
उक्त अन्तर्वातामा मस्कले मंगल ग्रहमा मानिस कहिले अवतरण गर्न सक्छन् भन्ने समयसीमा दिएका थिए । ‘ भनेजस्तो भए १० वर्ष । खराब अवस्था आए १५ देखि २० वर्ष’ मस्कले भनेका थिए । एउटी नयाँ आमाले प्रशान्त महासागरमा आफ्नो छोरालाई जन्म दिएको भिडियो शेयर गरेपछि भाइरल भएको छ ।
१० वर्ष बितेपछि उनको अन्तवार्ताबारे फेरि चर्चा हुन थालेको छ । उनको भनाईको स्कृन सटलाई ट्वटीर प्रयोगकर्ताले सेयर गरेका छन् । भिडियो भाइरल भएको छ । भिडियोमा ३७ हजार ६ सयले लाइक गरेका छन् भने ३ हजार ४८ पटक रिट्वीट गरिएको छ । भिडियोबारे सयौँले कमेन्ट गरेका छन् ।
‘उनको सो प्रतिज्ञा पूरा गर्न मस्कलाई हामी सक्दो चाँडो पठाऔँ,’ एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा मजाक गरेका छन् । ‘ ए मस्क, मंगल मिसनबारे तपाइँ कहाँ हुनुहुन्छ ?’, अर्का प्रयोगकर्ताले प्रश्न गरेका छन् ।
ट्वीटरमा नै मस्कले यसै वर्षको सुरुमा सन् २०२९ मा मानिसले मंगलमा पहिलो पाइला राख्न सक्ने संकेत गरेका थिए । ‘सन् २०२९ एक निर्णायक वर्ष जस्तै लाग्छ । हामीसँग एजीआई छैन भने म छक्क पर्नेछु । आशा छ, मंगल ग्रहमा मानिसहरू पनि’ उनले ट्वीट गरेका थिए ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया