रामजी रामले एमबीबीएस पास भएको खुसी साट्दै भने – ‘बुवा अन्ततः म एमबीबीएस पास भएँ’

रौतहट । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन् । वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट उनले एमबीबीएस उत्तीर्ण गरेपछि बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा बुवासँगैको फोटोसहित स्ट्याटस लेखेका छन्, ‘बुवा अन्ततः म एमबीबीएस पास भएँ ।’
अति गरीब तथा विपन्न समुदायका रामले एमबीबीएस सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्द निकै सास्ती भोगेका थिए ।
एमबीबीएस चौथो वर्षमा पुग्दा समेत कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको थियो । चौथो वर्षमा कलेजले वार्षिक शुल्क ५ लाख ९८ हजार ५० रुपैयाँ, होस्टल शुल्क ५५ हजार ४ सय २१ रुपैयाँ, खाना खर्च २ लाख १० हजार ३ सय १९ रुपैयाँ र इन्टरनेटको ९ हजार ८ सय रुपैयाँ तिर्न बाँकी देखाएको थियो । उनले आफूले अतिरिक्त शुल्क नतिर्ने अडान राखेपछि कलेजले फारम भर्न रोक लगाएको थियो । अतिरिक्त पैसा नतिरेकै कारण उनलाई कलेजले परीक्षा हलबाट बाहिर समेत निकालिदिएको थियो । सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो । सोही छात्रवृत्ति पाएर रामजी नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजी लगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले कलेजमा आन्दोलन गरे भने सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमले चर्को आवाज उठाए । आओएमले चौतर्फी प्रश्न आएपछि निशुल्क गर्न पत्रै काटेको थियो । अन्य वर्षको भन्दा चौथो एवम् अन्तिम वर्षको परीक्षामा निकै सास्ती खेप्नुपर्यो ।
रामले आफूलाई एमबीबीएस उत्तीर्ण गराउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिंदै उनले परीक्षा अझै बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘परीक्षाहरू सकिएको छैन, किनकी एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेसा लिइरहेको हुन्छ । जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरू कहिल्यै सकिन्न । जीवनका बाँकी परीक्षाहरूमा पनि यहाँहरूको साथ, हौसला र सहयोग मिलोस् भन्ने कामना गर्दछु ।’ दलित समुदायबाट प्रतिनिधित्व गर्ने उनको सफलतामा खुसी हुँदै सामाजिक सञ्जालमा धेरै जनाले बधाई दिएका छन् ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया