इमरान खानले भने- तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुन्छ

इस्लामाबाद । संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्र टुक्रामा विभाजित हुने बताएका छन् ।
स्थानीय टेलिभिजन च्यानल बोल न्युजलाई दिएको एक अन्तर्वार्तामा खानले भने, ‘उनीहरूले हामीलाई कानुनी र संवैधानिक माध्यमबाट चुनावमा जान अनुमति दिन्छन् कि भन्ने बारेमा हामीले हेर्दै जान्छौँ । नत्र भने देश गृहयुद्धतर्फ जानेछ । ’
पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का प्रमुखसमेत रहेका खानले नेसनल एसेम्ब्लीमा फर्किन कुनै अर्थ नभएको बताए । आफ्नो सरकारलाई हटाउने नेसनल एसम्ब्लीमा फर्किनुको अर्थ ‘षड्यन्त्रलाई स्वीकार गर्नु’ भएको उनले बताए ।
विदेशमा रहेका भारतीय थिंक ट्यांकहरूले बलुचिस्तान प्रान्तलाई पाकिस्तानबाट तोड्ने षड्यन्त्र गरिरहेको उनले दाबी गरे ।
‘विदेशमा रहेका भारतीय थिंक ट्यांकहरू बलुचिस्तानलाई अलग गर्ने सोचमा छन् । उनीहरूसँग योजना छ, त्यसैले म दबाब दिइरहेको छु’, उनले भने । तर, खानले कसलाई दबाब दिइरहेका छन् भन्ने बारेमा केही बताएनन् ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया