शुक्रबार, वैशाख ४, २०८३

जनप्रतिनिधिलाई कार्यक्षेत्र नछाड्न आयोगको आग्रह

मेरोन्यूज २०७९ जेठ २० गते १९:११

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई कार्य क्षेत्र नछाड्न आग्रह गरेको छ । जिल्ला समन्वय समितिको चुनाव नसकिँदासम्म आफ्नो कार्यक्षेत्र नछाड्न सबै तहका जनप्रतिनिधिलाई आग्रह गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकाले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिलाई आग्रह गरेका हुन् ।

यस्तै, आयोगले यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन गरिसकिएको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया