विनियोजन विधेयक प्रस्ताव स्वीकृत, यी विषयमा छलफल हुने
मेरोन्यूज
२०७९ जेठ २० गते १९:२७

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मत स्वीकार गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७९ को विभिन्न मन्त्रालय एवं सचिवालयअन्तर्गत रहेका विभिन्न शीर्षकमाथि हुने छलफल गर्न पाँच दिन तोकेका छन् । उनले सम्बन्धित मन्त्रीले उठेका प्रश्नको जवाफ दिन आगामी जेठ २३, २४, २५, २६ र २७ गतेको दिन तोकेका हुन् ।
विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरूले विभिन्न विषयमा थप स्पष्ट पार्न माग गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ २३ गते बिहान ११ बजे बस्ने भएको छ ।


सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया