भारतीय भूमि हुँदै गएर तिंकरमा कार्यपालिका बैठक

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले व्यास गाउँकार्यपालिका बैठक तिंकरमै राख्ने बताएका छन् । सदरमुकाम खलंगाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उनले सबैभन्दा विकट मानिने व्यास १ को छाङ्ग्रु र तिंकरमा कार्यपालिका बैठक राख्ने बताए ।
‘यो ठाउँमा अब कार्यपालिका बैठक राख्छु,’ अध्यक्ष धामीले भने, ‘यो बैठकमा कार्यालय प्रमुखलाई निम्तो हुन्छ, आइदिनुहोला ।’ भारतीय भूमि भएर पनि कार्यालय प्रमुख र सरोकारवालालाई छाङ्ग्रु र तिंकरमा लगेर बैठकमा राख्ने योजना रहेको उनको भनाइ थियो ।
यो क्षेत्रका लागि राज्यले नेपालतिरबाट घोरेटो बाटो बनाउन सकेको छैन । सेनाले सडक निर्माण कार्य सुरु गरे पनि गति लिन सकेको छैन । ‘सडक र घोरेटो बाटो एकसाथ चाँडो बनाउन सबैले पहल गर्नुपर्छ,’ उनले भने ।
राज्यले यो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पछिल्लो समय स्थापना गरेको छ । यसअघि नेपाल प्रहरी मात्रै राज्यको उपस्थितिका रूपमा रहेको थियो । सरकारले यो क्षेत्रलाई विशेष महत्व दिएको छ ।
छाङ्ग्रुका नागरिकका लागि खाद्यान्न डिपो भए पनि तिंकरमा डिपो छैन । छाङ्ग्रुबाट तिंकर पुग्न पाँच घण्टाभन्दा बढी समय लाग्छ । नेपालतिर बाटो नहुँदा यहाँका नागरिक भारतीय भूमि हुँदै गाउँ पुग्नु पर्ने बाध्यता छ ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया