डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २० गते २१:४४
धनगढी । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा बजारबाट पुइलेकतर्फ गइरहेको ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
अमरगढी नगरपालिका ६ का सजन ताम्राकारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै, मोटरसाइकलमा सवार सोही ठाउँका मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सम्बन्धित
















कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
स्वदेश फर्किए राष्ट्रपति पाैडेल
गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया