फेरि बढ्यो भारतमा कोभिड संक्रमण, तीन महिना यताकै उच्च

नयाँ दिल्ली । भारतमा फेरि कोभिड संक्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् । शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।
महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ ।
भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ । कोभिड संक्रमितको संख्या बढेपछि सरकारले सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको थियो ।













आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया