‘नेपाल चेम्बर एक्पो–२०२२’असारमा हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो–२०२२’ गर्न लागेको हो ।
व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिए। “मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयम थपिने विश्वास लिएका छौँ”, अध्यक्ष चाकुबजीले भने ।
मेलाले गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्राथमिकता दिने जनाइएको छ । यस्तै, मेलाले निकासी प्रवद्र्धन गर्ने उद्देश्य लिई चेम्बरले प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि पहलकदमीसमेत लिने मेलाको मुख्य उद्देश्य रहेको बताएको छ ।
पाँचौँ पटक हुन लागेको उक्त मेलाको बङ्गलादेश ‘पार्टनर कन्ट्री’ रहेको चेम्बरले जनाएको छ । उक्त मेलामा बङ्गलादेशका उद्योगी तथा व्यवसायीले सहभागिता जनाउने अध्यक्ष चाकुबजीले बताए । पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशका १५० स्टल रहने आयोजकले जनाएको छ । जसमध्ये १०० राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनी, उद्योगी तथा व्यवसायीको सहभागिता रहने बताइएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशमा उत्पादित सामग्री राखिने छ ।रासस














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया