‘नेपाल चेम्बर एक्पो–२०२२’असारमा हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो–२०२२’ गर्न लागेको हो ।
व्यापार मेला समितिका अध्यक्ष राष्ट्रभूषण चाकुबजीले निर्यात प्रवद्र्धन र वैदेशिक लगानी आकर्षण गर्न चेम्बर एक्स्पो आयोजना गरिएको जानकारी दिए। “मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनमा नयाँ आयम थपिने विश्वास लिएका छौँ”, अध्यक्ष चाकुबजीले भने ।
मेलाले गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्राथमिकता दिने जनाइएको छ । यस्तै, मेलाले निकासी प्रवद्र्धन गर्ने उद्देश्य लिई चेम्बरले प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि पहलकदमीसमेत लिने मेलाको मुख्य उद्देश्य रहेको बताएको छ ।
पाँचौँ पटक हुन लागेको उक्त मेलाको बङ्गलादेश ‘पार्टनर कन्ट्री’ रहेको चेम्बरले जनाएको छ । उक्त मेलामा बङ्गलादेशका उद्योगी तथा व्यवसायीले सहभागिता जनाउने अध्यक्ष चाकुबजीले बताए । पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशका १५० स्टल रहने आयोजकले जनाएको छ । जसमध्ये १०० राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनी, उद्योगी तथा व्यवसायीको सहभागिता रहने बताइएको छ । मेलामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशमा उत्पादित सामग्री राखिने छ ।रासस












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया