भक्तपुरमा दुई अर्ब ४३ करोड बजेट विनियोजन, कुन पालिकालाई कति ?

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९–८० का लागि भक्तपुर जिल्लामा कूल दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ ।
सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ लाख पाउने भएको हो ।
भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी ६६ करोड ७२ लाख बजेट पाएको हो । जसमा चालूतर्फ ४९ करोड ७९ लाख र पूँजीगत १६ करोड ९३ लाख पाएको हो ।
जिल्लाको पुरानो नगरका रुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ २३ करोड ६९ लाख, सशर्ततर्फ ३६ करोड ५० लाख, विशेष अनुदान तीन करोड र समपूरकतर्फ ५० लाख बजेट प्राप्त गरेको छ । यस नपाले चालूतर्फ ५९ करोड ३४ लाख र पूँजीगततर्फ चार करोड ३५ लाख बजेट पाएको हो ।
त्यस्तै, सूर्यविनायक नगरले समानीकरणतर्फ २२ करोड ७७ लाख र ससर्ततर्फ ४० करोड आठ लाख पाएको छ । जसमा चालूतर्फ ४८ करोड ७५ लाख र पूँजीगततर्फ १४ करोड १० लाख अन्तरसरकारी बजेट पाएको हो । यस नपाले कूल ६२ करोड ८५ लाख बजेट पाएको छ ।
मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ । यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत ५० करोड तीन लाख मात्रै बजेट पाएको हो । मध्यपुरथिमि नपाले समानीकरणतर्फ २४ करोड १९ लाख, ससर्ततर्फ २५ करोड १४ लाख र समपूरकमा ७० लाख बजेट पाएको छ । जसमा चालूतर्फ ४६ करोड १९ लाख र पूँजीगततर्फ तीन करोड ८४ लाख रुपैयाँ रहेको छ ।
संघीय सरकारले भक्तपुर र चाँगुनारायण नगरलाई विशेष अनुदान दिए पनि सूर्यविनायक र मध्यपुरथिमि नगरले भने विशेष अनुदान पाउन सकेनन् । भक्तपुर नपाले तीन करोड र चाँगुनारायण नपाले दुई करोड विशेष अनुदान पाएका छन् ।
सूर्यविनायक नगरले यस वर्ष समपूरक बजेटसमेत पाएन । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायण नपाले समपूरक बजेट पाएका छन् । जसमा चाँगुनारायण नपाले सबैभन्दा बढी चार करोड समपूरक बजेट पाएको छ भने मध्यपुरथिमि नपाले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ समपूरक बजेट पाएको छ ।















समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया