केपी ओलीको आलोचना गरेको भन्दै नेता भुसालसँग स्पष्टिकरण सोधिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसालसँग स्पष्टिकरण सोधिने भएको छ । नेकपा एमालेको अनुशासन आयोगले अध्यक्ष ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको भन्दै स्थायी कमिटी सदस्यसमेत रहेका भुसालसँग स्पष्टिकरण सोध्ने भएको हो ।
स्थानीय तह चुनाव सकिएसँगै नेता भुसालले एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका थिए । जसमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र नीतिका बारेमा आलोचना गरेका थिए ।
अनुशासन आयोगका अध्यक्ष केशव बडालले हिमालय टिभीमा अन्तर्वार्ता दिने नेतालाई स्पष्टिकरण सोध्ने निर्णय भएको बताएका थिए । अनुशासन आयोगको बुधबार बसेको बैठकले भुसालसँग स्पष्टिकरण सोध्ने भएको हो ।
अन्तर्वार्तामा नेता भुसालले स्थानीय तहको चुनावमा अध्यक्ष ओलीको नीति र कार्यशैलीले कमजोर हुन पुगेको बताएका थिए । उनले अध्यक्ष ओलीलाई राजीनामा दिन सुझावसमेत दिएका थिए ।


















लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया