पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते
मेरोन्यूज
२०७९ जेठ २२ गते १८:४४

काठमाडौँ । काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट भएको छ । बिस्फोटमा परी दुई जना घाइते भएका छन् ।
आइतबार साँझ ५ बजेतिर टेकुस्थित कनक पम्पको ट्यांकी बिस्फोट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खाली भइसकेको ट्यांकीमा ग्यास भरिएको र ढक्कन वेल्डिङ गर्ने क्रममा बिस्फोट भएको प्रहरीले जनाएको छ ।
बिस्फोटमा परी घाइते हुनेमा पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भई काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह रहेका छन् ।
सम्बन्धित


















अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया