मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम : छोरीलाई साइकलदेखि ल्यापटपसम्म

काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा प्रदेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप प्रदान गर्ने भएको छ ।
यस्तै, कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशसभा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उनले ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साइकल र कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका थिए ।
नीति तथा कार्यक्रममा मधेस प्रदेश सरकारले सुशासन, विकास, कृषि, स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशको प्रत्येक जिल्लामा विकास निर्माणलाई तीव्रता दिन हरेक जिल्लामा प्रादेशिक नमुना परियोजना बनाउने भएको छ ।


















अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया