भारतलाई विद्युत बेचेर दैनिक पाँच करोड कमाउँदै प्राधिकरण
काठमाडौँ । शनिबार रातिदेखि लागु हुने गरी नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ए जलविद्युत आयोजनाको १३८.८ मेगावाट विद्युत भारतलाई बिक्री गर्न थालेको छ । यस्तै, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुँदै आएको थियो ।
वर्षायाम लागेसँगै नेपालमा विद्युत उत्पादन बढी भएपछि प्राधिकरणले भारतलाई विद्युत बिक्री गरेको हो । विद्युत बिक्रबाट प्राधिकरण दैनिक ५ करोड रुपैयाँसम्म आम्दानी गर्न थालेको छ ।
सोमबार एकैदिन नेपालले भारतलाई ४२ लाख २७ हजार एक सय युनिट विद्युत निर्यात गर्ने भएको छ । प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँमा भारतलाई विद्युत निर्यात गर्ने भएको छ ।
भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपाली बिजुली न्युनतम् ४.७८ रुपैयाँ र अधिकतम १९.२ रुपैयाँमा बिक्री गर्ने सर्त राखिएको छ । औसतमा भन्दा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँ हुन आउँछ ।
प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाएको हो । तर, भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी भएकाले बढी विद्युत खपत हुने गरेको छ ।
विद्युत बेचेर प्राधिकरणले एकैदिन सोमबार ५ करोड १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न भएको छ । भारतले नेपाललाई दिएको अनुमतिअनुसार वर्षयाममा प्राधिकरणले एकै दिन १० करोडभन्दा बढी मूल्यको विद्युत बेच्न सक्ने छ ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया