भारतलाई विद्युत बेचेर दैनिक पाँच करोड कमाउँदै प्राधिकरण
काठमाडौँ । शनिबार रातिदेखि लागु हुने गरी नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ए जलविद्युत आयोजनाको १३८.८ मेगावाट विद्युत भारतलाई बिक्री गर्न थालेको छ । यस्तै, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुँदै आएको थियो ।
वर्षायाम लागेसँगै नेपालमा विद्युत उत्पादन बढी भएपछि प्राधिकरणले भारतलाई विद्युत बिक्री गरेको हो । विद्युत बिक्रबाट प्राधिकरण दैनिक ५ करोड रुपैयाँसम्म आम्दानी गर्न थालेको छ ।
सोमबार एकैदिन नेपालले भारतलाई ४२ लाख २७ हजार एक सय युनिट विद्युत निर्यात गर्ने भएको छ । प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँमा भारतलाई विद्युत निर्यात गर्ने भएको छ ।
भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपाली बिजुली न्युनतम् ४.७८ रुपैयाँ र अधिकतम १९.२ रुपैयाँमा बिक्री गर्ने सर्त राखिएको छ । औसतमा भन्दा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँ हुन आउँछ ।
प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाएको हो । तर, भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी भएकाले बढी विद्युत खपत हुने गरेको छ ।
विद्युत बेचेर प्राधिकरणले एकैदिन सोमबार ५ करोड १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न भएको छ । भारतले नेपाललाई दिएको अनुमतिअनुसार वर्षयाममा प्राधिकरणले एकै दिन १० करोडभन्दा बढी मूल्यको विद्युत बेच्न सक्ने छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया