दोस्रो अभ्यास खेलमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने
मेरोन्यूज
२०७९ जेठ २३ गते ८:००

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् । कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं । नेपाली दर्शकको उपस्थितीले खेलाडीमा हौसला बृद्धि हुनेछ, अब्दुल्लाहले भने । नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ ।
कतारको दोहामा केहि दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम शनिबार कुवेत राजधानी कुवेत सिटीमा आईपुगेको छ । हाल टोलीमा २३ खेलाडीसहित नौं अधिकारी छन् ।
नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
सम्बन्धित









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया