उत्कृष्ट नारा लेखेर पठाउँनेलाई गृह मन्त्रालयले पुरस्कार दिने
मेरोन्यूज
२०७९ जेठ २३ गते ८:१९

काठमाडौं । गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस(जुन २६)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ ।
मन्त्रालयले एक सूचना जारी गदै जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना (drug@moha.gov.np) मा पठाउन सकिनेछ ।
मन्त्रालयका अनुसार नारा लागुऔषध दुरुपयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुर्याउने सन्देश दिने खालको हुनुपर्नेछ ।
नारा बढीमा १० शब्दको र नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । नाराले दिन खोजेको सन्देशबारे छोटकरीमा व्याख्या गरिएको हुनुपर्नेछ । उत्कृष्ट नारा पठाउने पाँचजनालाई पुरस्कारस्वरूप जनही नगद दुई हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ । पुरस्कृत नाराहरू उक्त शाखाले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा प्रयोग गर्ने जनाइएको छ ।

सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया