एसआइ युके नेपालले काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक मेलाको आयोजना गर्दै

काठमाडौं । एसआइ युके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यु के नेपालले आफ्नो स्थापना काल देखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारीले जानकारी दिए ।
उनले डेढ दशक बेलायतमा बिताएका शैक्षिक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षीक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी दिने बताएका छन् ।
फेयर मार्फत बिद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआइ युके नेपालका कन्टि मेनेजर अस्गर हुँसेनले बताए ।
फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया शुरु गर्दछन् ।
उनीहरुलाई निशुल्क आई. इ. एल. टि. एस., निशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी दिए ।
बैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधि हरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मित शिवाकोटीले बताउँछन् ।
‘हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटक पटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँदछौ,’ एसआइ युके नेपालकी आएल्यस पिटीई, इन्स्टक्टर रुबा इमानले भने ।

फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले मार्केटिगं स्ट्जीटी अपनाएका छौ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पुर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट युके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु, मार्केटिगं म्यानेजर संगीता ओलीले भनिन् ।
फेयरमा ३ हजार ७५ जनाले एसआई युकेको वेभसाइट मार्फत रर्जीष्टेसन गरिसकेको बताउँदै हजारौ विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
एसआइ युकेका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालन छन भने ७९ ठाउँमा ग्लोबल अफिसमार्फत १५८ विश्वविद्यालयसँग आबद्ध भई विगत १६ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ ।
डिरेक्टर अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजका अध्यक्ष हुन् भने गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपमहासचिव समेत हुन् ।
















ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रधानमन्त्री बालेनले आज संसदमा महिला आयोगको प्रतिवेदन पेस गर्दै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया