बिहीबार, माघ २२, २०८२

असार १ गतेदेखि पुनः मतदाता नामावली संकलन हुने

मेरोन्यूज २०७९ जेठ २३ गते १९:१९

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ । आयोगले आगामी १ गतेदेखि पुनः मतदाता नामावली संकलन गर्ने भएको हो ।

यसअघि स्थानीय तहको निर्वाचनका लागि भन्दै माघ २५ गतेदेखि नामावली संकलन रोकिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रीत हुँदै पुनः उक्त कार्यक्रम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

‘स्थानीय तह निर्वाचन, २०७९ को मिति घोषणा भएपश्चात् २०७८ साल माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगले यही २०७९ साल असार १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ,’ आयोगले भनेको छ

पेशा, व्यवसायका कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए पनि आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने आयोगले जनाएको छ । आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोगले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया