सवारी दुर्घटनामा परेर एकीकृत समाजवादीका नेता चौधरीको निधन
मेरोन्यूज
२०७९ जेठ २४ गते ६:५१
सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी) का नेता रामनारायण चौधरीको निधन भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना।६ ख ६३९९ नम्बरको ट्रकले सोमबार साँझ ठक्कर दिएको थियो।ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
सुरुङ्गा नगरपालिका बस्ने ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए।
उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए।
सम्बन्धित
















उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
प्रतिक्रिया