माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम सम्पन्न

विश्व पर्यावरण दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा ‘माटो र म’ शीर्षकमा माटो जोगाऔँ संवाद कार्यक्रम आयोजना गरिएको छ। सो कार्यक्रममा वक्ताको रूपमा महानायक राजेश हमाल, नेपाल उद्योग वाणिज्य महासङ्घकी निवर्तमान अध्यक्ष भवानी राणा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा आमन्त्रित थिए। प्रस्तोताको रूपमा अनिले केशरी शाहले सञ्चालन गरेको उक्त कार्यक्रममा १ हजारभन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए।
वक्ताहरूले विशेषगरी माटोको महत्त्व, हाल माटोको अवस्था, माटो जोगाउनको निम्ति गर्न सकिने प्रयास र अभ्यास जस्ता विषयहरूमा संवाद गरेका थिए। हाल विश्वभरि तीव्र गतिमा माटो विनाश भइरहेको हुनाले अधिकांश जीवनहरूको आधार रहेको माटोको विषयमा चर्चा गर्नुपर्ने आवश्यकता महसुस गरिएको हो।
ईशा फाउण्डेशनका संस्थापक एवं योगी सदगुरुद्वारा पहल गरिएको विश्वव्यापी माटो जोगाऔँ अभियानप्रति ऐक्यबद्धता जनाउँदै सो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कृषि विभागमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव रहेका डा. गोविन्दप्रसाद शर्माले नेपालको माटोको वर्तमान स्थितीबारे जानकारी गराएका थिए। शर्माका अनुसार नेपालको माटोमा पोटाशियम र फस्फोरसको मात्रा ठिकै भएपनि नाईट्रोजनको कमी छ।
यहाँ माटो विनाश हुनुको मुख्य कारण भू−क्षय भएकोले यसको रोकथामको लागि समग्र दृष्टिकोण हुन जरूरी छ। कुनै एक ठाउँको माटो संरक्षण गर्ने मात्रै नभएर हिमाल, पहाड, तराई सबैतिरको माटोको लागि योजना हुन जरूरी छ। शर्माका अनुसार नेपालको माटोमा १.९६ प्रतिशत जैविक तत्व छ, जुन माटो स्वस्थ हुनको लागि चाहिने न्यूनतम ३ प्रतिशत जैविक तत्वभन्दा कम हो।
संवादको क्रममा महानायक राजेश हमालले माटो विनाशको अवस्था विकराल भएकोले यो नेपालको मात्रै नभएर विश्वव्यापी समस्या भएको अनि यसको लागि जनचेतना फैलाउन हामी सबैले आवाज उठाउने बेला भइसकेको उल्लेख गरे। माटोको विनाशको बारेमा बुझ्नु र जान्नु मात्रै ठूलो कुरा नभएकोले यो विषयलाई आत्मसात गरेर अघि बढ्नुपर्ने जिकिर समेत गरे।
त्यसैगरी, अतिथी भवानी राणाले निजी क्षेत्रहरू पनि माटोको विनाशबारे जागरूक हुने बेला आएको औँल्याए। निजी क्षेत्रले माटोलाई विनाश हुनबाट रोक्नको लागि थुप्रै कुराहरू गर्न सक्ने उल्लेख गरिन् ।

कार्यक्रमका प्रस्तोता अनिल केशरी शाहले कार्यक्रममा माटो जोगाउन सर्वप्रथम सोच बदल्नुपर्ने कुरामा जोड दिए। ‘माटो र म’ कार्यक्रमको उद्देश्य नै ‘म’ जिम्मेवार छु भन्ने रहेको प्रकाश पार्दै शाहले आगामी दिनमा हामीले माटोको विनाशबारे सकेसम्म धेरै मानिससम्म सन्देश पुर्याउने काम गर्नुपर्ने बताए। एक जनाले कम्तीमा १० जनालाई माटोको विनाशबारे जागरूक गराउन साथै आगामी दिनमा दीगो र प्रभावकारी राष्ट्रिय नीति, कानुन तथा योजना बनाउन अपिल गर्दै प्रधानमन्त्री तथा राष्ट्रपतिलाई चिठ्ठी लेख्न पनि सबैलाई आग्रह गरे।
सेतो पुतलीमार्फत चर्चित भएका मिलन राइले कार्यक्रममा छोटो मन्तव्य राख्दै अहिलेको समस्या पर्यावरणको सङ्कट नभई नैतिक सङ्कट हो भन्ने कुरा उल्लेख गरे। कार्यक्रममा गायक पुष्पन प्रधान, पेमा लामा, अर्जुन कार्की साथै मुरली बाधक मनोज महर्जनको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो।













फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया