सम्पर्कविहीन पुरुषको शव फेला
मेरोन्यूज
२०७९ जेठ २४ गते १४:१९
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका २ को जंगलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो ।
जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन तामाङको शव आज बिहान नजिकैको जंगलमा फेला परेको प्रहरीले जनाएको छ । मृतक तामाङको अनुहार तथा शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले भिरबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान छ ।
घटनास्थलमा प्रहरीको टोली पुगी स्थलगत अध्ययन गरेको र थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए । मृतको शव हाल चरीकोटस्थित पशुपति स्मिृत अस्पतालमा राखिएको छ ।
सम्बन्धित


















रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया