नेप्सेमा भारी गिरावट, आज पनि ४५ अंकको गिरावट

काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अंकमा पुगेर बन्द भएको छ ।
गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११.२४ अंकले घटेर ३ सय ८९ अंकमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार १२.८९ अंकले गिरावट आएको थियो ।
आज ३८ लाख ८७ हजार ७४८ कित्ताको सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् । आज १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् ।
सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार नेप्सेमा एकमात्र कम्पनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८.५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया