बाघको आक्रमणबाट महिलाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २४ गते १८:००
काठमाडौँ । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगर २३ घौलाघारी बस्ने ५५ वर्षीया मंगली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया