पीइए एसोसिएसनद्धारा इन्जिनियरिङ् तयारी कक्षामा १००१ जनालाई छात्रावृद्धि घोषणा

काठमाडौँ । पीइए एसोसिएसनले स्थापनाको २८ औँ वर्ष पूरा गरेको छ । यस अवसरमा इञ्जिनियरिङ तयारी कक्षा लिन चाहने एक हजार एक विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
इन्जिनियरिङ् प्रवेश परीक्षाको गुणस्तरिय तयारी गराउने पिइए एशोसिएसन प्रा. लि. ले विद्यार्थीहरुको सिकाईमा सहजता र प्रभावकारिता ल्याउन यस वर्षदेखि पिइए मेन्टर्स डिजिटल प्लेटफर्म मार्फत इन्जिनियरिङ् प्रवेश परीक्षाको पूर्ण तयारी कोर्स उपलब्ध गराउने भएको छ।
सोही विषयमा जानकारी गराउन पिइए एशोसिएसनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेकाे थियाे।
पत्रकार सम्मेलनमा संस्थापक एवं सिइओ लक्ष्मण पोखरेलले डिजिटल प्लेटफर्म र छात्रवृत्ति योजनाबारे जानकारी गराए ।
उनले यस कोर्षले दूर-दराजमा रहने, विविध कारणले राजधानी आउन नसक्ने र काठमाडौंमै रहेर पनि विभिन्न भौतिक तथा अनलाइन कोर्षमा आवद्ध हुने विद्यार्थीहरुलाई समेत अध्ययन तथा परीक्षा तयारीमा सहजता हुनेछ भन्ने आशा व्यक्त गरे।
एन प्याब्सनका सह-अध्यक्ष सुवाश न्यौपानेले विद्यार्थीको हितका लागी प्रदान गरिने यस प्रकारको छात्रवृत्तिको घोषणाले सोही किसिमका अन्य संस्थाहरुलाई पनि छात्रवृत्ति योजनाका लागि प्रोत्साहन गर्नेछ भन्ने आफ्नो आशा रहेको बताए।
प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले पिइएले प्रदान गर्ने १००१ छात्रवृत्ति योजना निकै सर्हानिय रहेको र यसबाट निम्नआय भएका परिवारमा पनि इन्जिनियरिङ् विषय अध्ययनमा पहुँच पुग्ने बताए ।
नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले वर्षेनी धेरै संघ संस्थाहरुले छात्रवृत्ति योजना घोषणा गर्ने तर कार्यान्वयन पक्षमा पुग्दा नातावाद, कृपावाद हावी हुँदै जाने र राजनीतिकरणको शिकार हुने भएकाले सम्बन्धित सबैलाई निष्पक्ष भएर काम गर्न ध्यान आकर्षण गराए ।
यसैगरी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले पिइएको १००१ छात्रवृत्ति घोषणाका लागि धन्यबाद दिदै खुसी व्यक्त गरिन् ।
हिसानका अध्यक्ष रमेश कुमार सिलवालले पिइएले घोषणा गरेको पिइए मेन्टर्स डिजिटल प्लेटफर्मू अन्तर्गतको १००१ छात्रवृत्ति योजना आगामी दिनमा यो भन्दा अझै बृहत एवं फराकिलो बन्दै जाने र बढी भन्दा बढी निम्न आय भएका परिवारका सक्षम बिद्यार्थीले यसबाट लाभ लिन पाउनेछन् भन्ने आशा व्यक्त गरे ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया