नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

काठमाडौँ । नेपाल बैंकले ‘आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता’ नामक वित्तीय साक्षरता पुस्तिका सार्वजनिक गरेको छ ।
प्रधान कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्कालगायतको उपस्थितिमा पुस्तिका सार्वजनिक भएको हो ।
बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकसमेत भर्चुअल रुपमा उपस्थिति रहेका थिए । कार्यक्रममा बैंकका सीईओ अधिकारीले सम्पूर्ण नेपालीमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिबृद्घि गर्न पुस्तिका उपयोगी हुने बताए ।
नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै विभिन्न सेवामार्फत बैंकले ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया