नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

काठमाडौँ । नेपाल बैंकले ‘आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता’ नामक वित्तीय साक्षरता पुस्तिका सार्वजनिक गरेको छ ।
प्रधान कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्कालगायतको उपस्थितिमा पुस्तिका सार्वजनिक भएको हो ।
बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकसमेत भर्चुअल रुपमा उपस्थिति रहेका थिए । कार्यक्रममा बैंकका सीईओ अधिकारीले सम्पूर्ण नेपालीमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिबृद्घि गर्न पुस्तिका उपयोगी हुने बताए ।
नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै विभिन्न सेवामार्फत बैंकले ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया