काठमाडौँ महानगरको कार्यपालिकामा कांग्रेसलाई बहुमत, माओवादीले ठाउँ पायो

काठमाडौँ । काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १–१ जना उम्मेदवा निर्वाचित भएका हुन् ।
आज निर्वाचित भएकासमेत गरी ४२ सदस्यीय कार्य पालिकामा कांग्रेसको बहुमत पुगेको छ । कांग्रेसबाट १९ जना वडाध्यक्ष कार्यपालिकामा आइसकेका छन् ।
एमालेबाट उपमेयरसहित १३ जना, एकीकृत समाजवादीबाट एक निर्वाचित वडाध्यक्षसहित दुई र माओवादीका एक जना कार्यपालिका हुने भएका छन् । काठमाडौँमा माओवादीको उम्मेदवार शून्य रहेको थियो ।
महानगरको कार्यपालिकामा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र थप ८ जना कार्यपालिका सदस्य छन् । निर्वाचित जनप्रतिनिधिलाई बुधबार दिउँसो १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया