जुम्ला जिसस प्रमुखमा कांग्रेसका आचार्य निर्विरोध
मेरोन्यूज
२०७९ जेठ २४ गते २१:०३
काठमाडौँ । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जनक थकाली निर्विरोध भएका छन् ।
कांग्रेस र समाजवादीबीच गठबन्धन भएपछि दुवै जना निर्विरोध भएका हुन् । कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, खिमालक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा र नरवीर सुनार निर्विरोध भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिए ।
यस्तै, समाजवादीबाट जिसस सदस्यमा पदमबहादुर रावत निर्विरोध भएका छन् । एक नगरपालिका र सात गाउँपालिकामा कांग्रेसको आठ, माओवादीको ६ तथा समाजवादी र स्वतन्त्रको एक–एक मतभार रहेको थियो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया