कर्कटलाई धन लाभ हुने, तपाईको राशिफल कस्तो ?

काठमाडौं । २५ जेठ, २०७९ बुधबार । तद्नुसार ८ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष नवमी तिथि, बब करण, उत्तरफाल्गुनी, सिद्धि योग, चन्द्रमा सिह राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ६ः५९ मा हुनेछ ।
आजको देवता गणेश र्आर ग्रहदेव मंगल रहेको छ । आज बिहान ११ः३६ मा हुनेछ भने १२ः३१ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न गर्न सकिन्छ । बुधबारको दिन गृहस्थ जीवनमा कार्य गर्नु उपयुक्त दिन हो ।
अब लागौं आजको राशिफलतर्फ
मेष
सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मन प्रवल हुनेछ ।
वृष
दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ ।
मिथुन
मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।
कर्कट
धन लाभ हुनेछ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।
सिंह
मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै उत्तम हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला। आजको दिन सोचअनुसार काम हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला ।
कन्या
व्यापारव्यवसायबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।
तुला
आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप आउँछन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।
वृश्चिक
व्यापारबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शन गर्नुहोला ।
धनु
साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।
मकर
आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनुभयो भने फाइदा पुग्नेछ ।
कुम्भ
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।
मीन
सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययनअध्यापनको क्षेत्रमा पनि आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर ब्यबहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।
















अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया