एएफसी एसियन कप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै

कुवेत । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।
नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खेल बराबरीमा सकिएको छ भने ३ खेल जोर्डनको पक्षमा गएको छ ।
पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण नेपाली टिममा अनुभवी ११ खेलाडी रहेका छैनन् । कप्तान किरण कुमार लिम्बू, अन्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्ति मगर लगायत खेलाडी टिम बाहिर छन् । युवा खेलाडीले जोर्डनविरुद्ध प्रमाणित गर्ने अवसर रहेको प्रशिक्षक अल्मुताईरीले बताएका छन् ।
‘हामीलाई घेरै दबाब छैन । किनभने हाम्रो समूहमा हामी पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । आज खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ । हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् र के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौ’ अल्मुताईरीले भने ।
उनले अगाडि थपे, ‘हामीले जोर्डनलाई रोक्न सक्यौं भने कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं । हामी २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ जना नयाँ खेलाडी छन् र उनीहरुको औसत उमेर २१ वर्ष छ । समूहमा जोर्डन निर्णायक टोली हो । हामी उनीहरुसँग राम्रो नजिताका लागि प्रतिस्पर्धा गर्नेछौं । हामी पनि छनोटमा कठिन टिम बन्न चाहन्छौं । जोर्डनको प्रतियोगितामा छनोट हुने धेरै सम्भावना छ । दोस्रो स्थानमा कुवेत र इन्डोनेसियाको सम्भावना छ ।’
जोर्डनपछि नेपालले घरेलु टोली कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया