बुधबार, फागुन २७, २०८२

गोकुल बाँस्कोटाको प्रस्ताव : सञ्चार मन्त्रालयको खर्च एक रुपैयाँ कायम गरौं

मेरोन्यूज २०७९ जेठ २५ गते ११:३८

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कुनै बेला जिम्मेवारी सम्हालिसकेका नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च एक रुपैया मात्र राख्न प्रस्ताव गर्ने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बाँस्कोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चार मन्त्रालयको खर्च कटौती गरी एक रुपैयाँ कायम गर्ने प्रस्ताव पेस गर्ने भएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा एमाले सांसद बास्कोटाले ‘विनियोजन विधेयक २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव पेस गर्न लागेका हुन् ।

प्रतिक्रिया