गुरु ट्राभल्स् र विधिबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ । नेपाली पर्यटनको प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स् लिमिटेडले सूचना प्रविधि र सर्फटवेयरसम्बन्धी सहकार्यका लागि विधि प्रा.लि.सँग सम्झौता गरेको छ ।
व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा गुरु ट्राभल्स लि.का प्रमुख कार्यकारी अधिकृत नवराज धरेल र विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा दुवै कम्पनीले एक आपसमा प्राविधिक र पर्यटन कार्यको प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रयोजन राखिएको छ ।
गुरु ट्राभल्स् लि.ले विश्व भ्रमण जस्ता आउटबाउण्ड् पर्यटन र विश्वभरका पर्यटक आकर्षित गर्न इन्बाउण्ड् पर्यटनलगायतका विविध क्षेत्रमा ट्राभल प्याकेज सेवा प्रदान गर्ने छ । गुरु ट्राभल्स लि.ले पब्लिक पार्टनरसिप मोडललाई आत्मसात गरेको छ । पर्यटन नै देश विकासको मुख्य आधार मान्ने यस संस्थाले पर्यटन प्रवद्र्धनका विशेष प्याकेज अगाडि सारेको छ । विधिले सोको प्रयोजनमा सिस्टम सफ्टवेयर उपलब्ध गराउने छ ।
एक समारोहका बीच गुरु ट्राभल्स्को सम्पर्क कार्यालयमा भएको सम्झौतापछि संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले एक आपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग राम्रो सहकार्य रहने विश्वास गर्ने बताए ।
उता विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले गुरु ट्राभल्स्का ट्राभल्ससम्बन्धी गतिविधिलाई विश्वभर नै फैलाउन आफू लागि पर्ने बताए ।
















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया