सेफ्टी ट्यांक सफा गर्ने क्रममा दुई जनाको मृत्यु
चितवन । जिल्लाको भरतपुरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजे भरतपुर महानगर १९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु शिवराज नपा ९ बस्ने वर्ष २४ का छतिराम थारु अचानक चिप्लिएर ट्यांकमा खसेका थिए । सँगै काम गरिरहेको भिनाजु नाता पर्ने सोही स्थानका वर्ष २३ का राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुवै जना निस्किन नसकेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीलेका अनुसार ट्यांकमा खसेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी निरीक्षकको टोली र जिप्रका चितवनबाट प्रनाउ समेतको टोली, नेपाली सेनाको क्याप्टेन र शसस्त्र प्रहरीबाट सप्रनिको टोली खटिई दुवै जनाको शव बाहिर निकालिएको थियो ।
दुवै शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


















इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया