महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नाराका साथ विगत २८ वर्षदेखि सञ्चालन भएको महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले नेपाली नागरिकलाई लक्षित गरी ‘महालक्ष्मी व्रmमिक बचत खाता’ सार्वजनिक गरेको हो ।
जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसरमा उक्त बचत खाता सार्वजनिक गरेको हो । बैंकले हजार रुपैयाँमा मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी व्रmमिक बचत खाता’मा दैनिक मौज्दातमा १२ प्रतिशत ब्याज गणना गरी उक्त ब्याज त्रैमासिक रूपमा सँवामा गाभिने छ ।
यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरूले पाँच वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्ने छन् । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गत बचत खाता खोल्न सक्ने छन् ।
यस हाल १०३ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित बनाउने उद्देश्यले विभिन्न सेवा दिँदै आएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया