मंगलबार, पुष २९, २०८२

दोहोरो अंकले घट्यो नेप्से

मेरोन्यूज २०७९ जेठ २६ गते १५:४२

काठमाडौँ । सेयर बजार नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकभन्दा बढीले वृद्धि भएकोमा आज पुनः दोहोरो अंकले गिरावट आएको हो ।

आज १७.५८ अंकले घटेको नेप्से २०६२.८६ बिन्दुमा रोकिएको छ । बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए ।

आज ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५६ हजार १०४ कित्ता सेयर किनबेच भएको छ । जसबाट एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रहेको छ ।

बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो ।

आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया