जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ २६ गते १९:१७

धनगढी । धनगढी उपमहानगरबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी १ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ८६ हजारसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका ६ घर भई हाल धनगढी ३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी १ का ४८ वर्षीय धनबहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रमेश श्रीमाल, धनगढी ७ का २५ वर्षीया रामकृष्ण राना र धनगढी ७ कै ३९ वर्षीया शान्त राम चौधरी रहेका छन् ।
पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
सम्बन्धित

















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया