भाँचिएको पुल मर्मत नहुँदा सुन्दरपुरबासी समस्यामा
काठमाडौँ । भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई त्रियुगा नदी आवतजावत् गर्न सास्ती भोग्नु परेको छ ।
सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका ५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन ।
एक वर्षअगाडि त्रियुगाको बाढीका कारण भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनः निर्माण नभएपछि वर्षा लागेसँगै त्रियुगा नदीमा पानीको बहाव बढेका कारण स्थानीयवासीलाई आवतजावत गर्न कठिन भएको बेलहीका बासिन्दा अनुप चौधरी बताएका थिए ।
‘सुन्दरपुरदेखि बेलही आउन तथा चौदण्डी नगरपालिको कार्यलय बेल्टार बजार पुग्न त्रियुगा नदी तर्न बाध्य छौँ, पानीको बहाव बढ्न थालेपछि गाउँका पुरुष कपडा खोलेर पौडी खेल्दै ज्यानको बाजी लगाएर नदी तर्न बाध्य छन्,’ उनले भने ।
पौडी खेल्न नसक्ने महिला र पुरुष भने सुन्दरपुरबाट त्रियुगा नगरपालिकाको जोगिदह, गाईघाट बजार हुँदै मदन भण्डारी मार्गको ३० किलोमिटर बाटो घुमेर बेल्टारस्थित चौदण्डी नगरपालिकाको कार्यलय पुग्न बाध्य भएको बेलहीका सीताराम चौधरी बताए ।
विसं २०६७ निर्माण भएको पुल १२ वर्षपछि गत वर्षमात्र सम्पन्न भएर सञ्चालनमा आउन लाग्दा बाढीले भत्काएको थियो । समयमा पुल मर्मत नहुँदा र त्रियुगा नदीमा पानीको बहाव बढेसँगै अहिले सुन्दरपुरवासी गाउँबाट अन्यत्र जानको लागि ज्यानको जोखिम मोलेर सास्ती भोग्दै त्रियुगा नदी तर्न बाध्य हुनु परेको स्थानीयवासी बताउँछन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया