सोमबार, पुष २८, २०८२

सानिमा बैंकद्वारा ‘ग्रीन पिन’को सुविधा

मेरोन्यूज २०७९ जेठ २६ गते २१:१९

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।

ग्राहकले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट–क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्ने छन् । उक्त कोड पाएको २४ घण्टाभित्र नजिकैको सानिमा बैंकको एटीएममा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित र सुविधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया