पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?
मेरोन्यूज
२०७९ जेठ २६ गते २१:२९

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयबाट पेट्रोल र डिजेलको पूर्वाधार कर बराबरको रकम प्रति लिटर १० रुपैयाँ घटाएर समायोजन गरेको हो ।
मूल्य समायोजनपछि खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोल, डिजल र मट्टितेलमा कमशः १७०, १५३ र १५३ रुपैयाँ कायम गरेको थियो । मूल्य घटाएर समायोजनपश्चात पनि निगमको १५ दिनको घाटा करिब ३ अर्ब ८९ करोड कायम रहेपछि मूल्य बढाएको हो ।
निगमले आज रातिदेखि लागु हुने गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा ८ रुपैयाँले वृद्धि गरेको छ । जसअनुसार पेट्रोल प्रति लिटर १७८ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा १२ रुपैयाँले बृद्धि गरी प्रति लिटर १६५ रुपैयाँ कायम गरिएको छ ।
एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।

सम्बन्धित















राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
Gold price up, silver holds steady
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया