मंगलबार, पुष २९, २०८२

नेपाल टेलिकमको डाटा भ्वाइस प्याक सुविधा नमस्ते पे एपबाट सुरु

मेरोन्यूज २०७९ जेठ २६ गते २१:४८

काठमाडौँ । नमस्ते पे प्रयोगकर्ताले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा भ्वाइस प्याकहअन्तर्गत उपलब्ध सबै प्याकेज खरिद गर्न सक्ने छन् ।

नमस्ते पे प्रयोगकर्ताले आगामी दिनमा टेलिकमको डाटा र भ्वाइस प्याकमा आकर्षक अफरको लाभ लिन सक्नेछन् । एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पेअन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी यूएसएसडीमार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया