पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाकाे मृत्यु, एक जनाको सनाखत

गोरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ ।
मृतकमध्य एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।
लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ।
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया