फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन दुरीमा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ ।
यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो ।
विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।















भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने
स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु
काठमाडौंमा वायु प्रदूषणको स्तर चिन्ताजनक, सावधानी अपनाउन प्रहरीकाे आग्रह
सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
प्रतिक्रिया