दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब मात्रै

काठमाडौँ । संघीय सरकारले आर्थिक वर्ष २०७८–७९ को वैशाख मसान्तसम्म ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो ।
यस अवधिमा चालुतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ, पुँजीगततर्फ १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गततर्फ ७३ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षको पहिलो दश महिनामा संघीय सरकारको कुल राजस्व ८ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकमसमेत) परिचालन भएको छ । यसमध्ये कर राजस्वतर्फ ७ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ६६ अर्ब ४ करोड रुपैयाँ परिचालन भएको छ ।
सोही अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत ७५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँ परिचालन गरी जम्मा १ खर्ब ३० अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।















नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया