पुस्तक समीक्षा
समसामयिक युगबोध व्यूझाउने भोका सपनाहरु

एउटा कविलाई कविता संग्रह प्रकाशन गर्नु जत्तिको सुखानुभूति अरु कुनै हुँदैन । अझ नेपाली साहित्यको बजारमा नयाँ कविता संग्रहको अभाव भएको बेला कविले कविता संग्रह बजार ल्याउनु झन सकारात्मक पक्ष हो ।
साहित्यका जुनसुकै विधामा कलम चलाउन कठिन हुन्छ , अझ कवितामा झन कठिन हुन्छ । कविता लेखन निकै जटिल कार्य हो । फराकिलो विषय वस्तुलाई साना–साना खण्डमा अभिव्यक्त गर्नुपर्ने हुन्छ । प्रा. डा. खगेन्द्र प्रसाद लुइटेलको भनाईलाई आधार मान्ने हो भने उन्नाईसौं शताब्दीको प्रारम्भतिरैबाट थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधिभित्र अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू पार गरिसकेको छ ।
यस समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने गरिएको छ तर त्यस हेराइमा एकरूपताको अभावका कारण नेपाली कविताको विकासक्रममा सामान्य मतभिन्नताहरू पाइन्छन् । नेपाली कवितामा कालविभाजन प्रसिद्ध एवं प्रभावशाली शासक, विशिष्ट साहित्यकार व्यक्तित्व, साहित्यिक प्रभाव र प्रवृत्ति, राजनैतिक आन्दोलन, ऐतिहासिक कालखण्ड आदि विभिन्न आधारमा गर्ने गरेको पाइन्छ ।
हरेक कालखण्डमा प्रभावशाली शासक तथा विशिष्ट साहित्यकार नजन्मन सक्छ, साहित्यिक प्रभाव र प्रवृत्ति पनि लामो समयसम्म परिवर्तन नहुन वा समान रहन पनि सक्छ अनि आन्दोलन पनि सधैं नहुन सक्छ । ठिक यही समयमा नेपाली साहित्यको ७० को दशकमा कवि होमशंकर वास्तोला एउटा नवीनतम कृति ‘भोका सपनाहरु’ लिएर आइपुगेका छन् ।
नेपाली साहित्यमा विभिन्न समयखण्ड, युगीन केन्द्रीय प्रतिभा, ऐतिहासिक–राजनैतिक मोड आदि विभिन्न कालखण्डहरु छन् । त्यसमध्येको विशिष्ट कालखण्ड हो –७० को दशक । यस्तो अवस्थामा कविता लेखन त्यति सहज होइन । सामाजिक सञ्जाल पूरै थिचिएर ‘डोमिनेटेड’ भएको बेला कविता संग्रह प्रकाशन गर्नु र म कवि हुँ भन्न पनि एउटा हिम्मत चाहिन्छ ।
कवि वास्तोलाले त्यो हिम्मत जुटाएका छन् । साहित्यमा एउटा परिपाटी चलेकाले ठूलो गन्जागोल उत्पन्न भएको हो । नेपाली कविताको आधुनिकताको प्रारम्भका बारेमा अल्पज्ञता, पूर्वाग्रह, हठवादिता, अपव्याख्या, चलिरहेको छ । यस्तो बेला उनले आधुनिक कविताहरु सिर्जना गरेका छन् ।
वस्तुगत, तार्किक र वैज्ञानिक ढङ्गले आधुनिकतालाई अथ्र्याई उपयुक्त र मान्य किसिमबाट नेपाली कविताको विशिष्ट पहिचानलाई लयवादमा मात्रै ढालिएको छ । लय हाल्न सक्ने कविता मात्र कविता हुन बाँकी सबै फजुल हुन भन्ने धारणा विकास भएको यो कालखण्डमा कवि वास्तोलाले गद्य कवितको एउटा संग्रह दिएर नयाँ इटा थपेका छन् जसले नेपाली साहित्यको इतिहाँस लेख्नलाई पनि सहज बनाइदिएका छन् ।
प्रगतिशीलधाराका कवि भएकाले उनका कविताहरु आधुनिक कवितासँगसँगै अघि बढेका छन् । कवि एवं सहप्राध्यापक आर.एम. डङगोलका अनुसार प्रगतिशील रुपान्तरणका लागि कवि वास्तोला प्रतिबद्ध वैचारिक स्रष्टा हुन् । उनका कथा, कविता र गजलमा प्रगतिशील विचारधारात्मक मत अभिव्यक्त भएको पाइन्छ । साहित्यिक पत्रकारितासँग आवद्ध रहेका वास्तोला सामान्य विषय वस्तुलाई पनि जीवन र जगतसँग जोडेर हेर्ने गर्छन । टोल, समाज र राष्ट्रले ओझेलमा पारेका विषयहरु कविताको विषय बनाउनसक्ने उनको क्षमता कुशल रहेको छ । कविता संग्रहभित्र रहेको मान्छेहरु भन्ने कवितालाई हेर्ने हो भने जीवन र दर्शन एकैपटक मुखरित भएको पाइन्छ ।
बन्दुकका फूल चढाएर
भासिएको सगरमाथाको फेदीमा
बगर रुघ्न बाध्य छन् मान्छेहरु (मान्छेहरु)
कवि वास्तोला सबैभन्दा ठूलो आवाज विहिनका आवाजसँग जोडिएर आएका छन् । सूक्ष्म कुराहरुलाई पनि आफ्ना कविताको विषयबस्तु बनाएका छन् । यसर्थ उनका कविताहरू भूगोलको समुदायसँगै जरा गाडिएको अवस्थामा छन् । उनले आम मानिसको जीवनका जटिलता, पीडा, तिनले गरेका सङ्घर्ष र आफ्नै भूमिमा नेपालीहरु वेरोजगार हुनु परेको समस्यालाई कवितामार्फत उठाएका छन् । समकालीन नेपाली कविताको सौन्दर्यमा उनी ।
भूँइ मान्छेका अभिव्यक्ति, अनुराग, विद्रोह र प्रतीकात्मक भावनाका समवेत स्वरहरू नेपाली काव्यमा प्रवेश गरिरहेको अवस्थामा कविले त्यसलाई आफ्नो कवितामा छुटाएका छैनन । नेपाली कवितामा आएको युगान्तकारी परिवर्तनबारे उल्लेख्य जानकार भएका कविले आफ्नो कवितामा परिवर्तनगामी धारलाई भन्दा समसामयीक धार जनजीविकाको धारलाई बढी महत्व दिएका छन् । भोका सपनाहरुमा ३५ वटा कविता रहेका छन् । ती कविताले कुनै न कुनै प्रकारको सन्देश दिएर नेपाली कविता क्षेत्रलाई समसामयीक युग बोध बनाएका छन् ।
















खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया