सोमबार, पुष २८, २०८२

आज यी प्रदेशमा वर्षा हुने, आगामी तीन दिनको मौसम पूर्वानुमान कस्ताे ?

मेरोन्यूज २०७९ जेठ २८ गते ७:५७

काठमाडौं । मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ।  

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा छ। काठमाडौं उपत्यकामा पनि नियमित वर्षा भइरहेको छ।

महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायु र भारतको उत्तर प्रदेशसँगै विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।

आज  पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

यस्तै महशाखाले आज दिनभर प्रदेश १, बागमती  र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

शनिबार

दिउँसो : प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

प्रदेश १, बागमती  र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार

दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली  रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि  सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ।

प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सोमबार

दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली  रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।

प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि  सामान्य बदली र वाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।

प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया