उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री नियुक्त
काठमाडौँ । उत्तर कोरियाले दिग्गज कूटनीतिज्ञ चो सन हुईलाई पहिलो महिला विदेशमन्त्रीका रूपमा नियुक्त गरेको छ । प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको र त्यस्ता परीक्षण रोक्ने अमेरिकी आह्वानलाई बेवास्ता गरिरहेका बेला पहिलो महिला विदेशमन्त्री नियुक्त गरेको हो ।
यसअघि उपविदेश मन्त्रीका रूपमा काम गरिसकेकी चोले नेता किम जोङ उनको निरीक्षणमा भएको सत्तारुढ दलको बैठकमा विदेश मन्त्रालयको नेतृत्व गर्ने अनुमान गरिएको थियो । उनले री सन ग्वनलाई विस्थापित गरेकी हुन् । पूर्वसैन्य अधिकारी ग्वन एक कट्टर नेता हुन् । उनले दक्षिण कोरियासँग भएको वार्ताको नेतृत्व गरेका थिए ।
चो धाराप्रवाह अंग्रेजी बोल्छिन् । केही वर्षअघि उत्तर कोरियाको अमेरिकासँग आणविक वार्ताको क्रममा उनी किमको नजिकको सहयोगीको रूपमा थिइन् । उत्तर कोरियाली नेता किमले अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दा चो किमको कूटनीतिक सहयोगीको भूमिकामा थिइन् ।
सन् २०२९ को फेब्रुवरीमा हनोइमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको असफल वार्तापछि एउटा दुलर्भ पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । वार्ता बिफल हुनुमा अमेरिकालाई दोष लगाएकी थिइन् । ‘हाम्रो प्रस्ताव अस्वीकार गरेर उत्तर कोरियाले सुनौलो मौका गुमायो’, उनले त्यतिबेला भनेकी थिइन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया