शनिबार, वैशाख ५, २०८३

सशस्त्रका आईजीपी अर्याल र जापानी राजदूतबीच भेटवार्ता

मेरोन्यूज २०७९ जेठ २८ गते २१:३७

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल र जापानी राजदूत एचई किकुता यूताकाबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उक्त भेटवार्तामा सशस्त्र प्रहरी बल नेपालले दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको तथा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो ।

त्यसैगरी, नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुकोसाथै विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनको बारेमा समेत जानकारी गराइएको थियो ।

सोही अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधै सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरी बल नेपाको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनबारे समेत कुराकानी भएको थियो ।

उक्त भेटवार्ता कार्यक्रममा जापानी राजदूतावासका केन्जी योसमुरा र डा. शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कासमेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया