यस्तो छ आजको फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार शनिबारको तुलनामा आइतबार कुनै फलफूल तथा तरकारीको मूल्य वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । यो थोक मूल्य हो, बजारमा खुद्रा भाउ भने यो भन्दा बढी हुने गर्छ ।
समितिकाअनुसार आज आइतबार ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३५ रुपैयाँ ८० पैसा, लोकल बन्दा ८० रुपैयाँ, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ६२ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा र लोकल सिमी ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, भिण्डी प्रतिकेजी ३० रुपैयाँ,, स्कुस ४५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, तितो करेला २७ रुपैयाँ ५० पैसा, भटमास कोशा ९० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी २२५ रुपैयाँ, तामा ११५ रुपैयाँ, कागती १६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, भुईँ कटहर १७० रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा र किवि ५२५ रुपैयाँ रहेको छ ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया