जिसस सिन्धुपाल्चोकमा कांग्रेस–नेकपा एस मिल्दा माओवादी पराजित

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादी गठबन्धनको प्यानल निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् ।
श्रेष्ठ बाह्विसे ४ बाट वडा सदस्यमा निर्वाचित हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । तर, गठबन्धनबाट खस्नु पर्ने ११ मतमध्ये विकले १० मत प्राप्त गरेका छन् । एक मत खाली रहेको थियो ।
उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भएका छन् । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंगप्रताप सिलवाल (जेपी)ले ११ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
जिससको सदस्यमा समाजवादी र कांग्रेस गठबन्धनबाट जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया, सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३–१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया