हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । इटालीका अधिकारीले शनिबार हराएको हेलिकोप्टरपछि भेटिएको बताएका छन् । उनीहरूले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सात जनाकै मृत्यु भएको बताएका छन् ।
शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए । सात जना यात्रु बोकेर बेपत्ता रहेको हेलिकोप्टरको खोजी दिनभर भएको उनीहरूको भनाइ छ । शनिबार साँझ हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीले जनाएका छन् ।
मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर हेलिकोप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक थिए ।
दुर्घटनाको कारण अनुसन्धानरत रहेको यहाँको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट देखिएअनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घटनामा परेको हो ।
















गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया